शिक्षामन्त्री विद्या भट्टराईद्धारा राजीनामा
एएनजेड खबरअप्रिल २२, २०२५
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन् ।
स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ । तर प्रधानमन्त्रीको सचिवालयले राजीनामाबारे जानकारी नभएको जनाएको छ ।
चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका बेला मन्त्री भट्टराईको राजीनामा आएको हो । उनले शिक्षा ऐन पारित नभए राजीनामा दिने बताएकी थिइन् ।
तपाइँको प्रतिक्रिया