बुधबार, फागुन २८, २०८१ |Wed Mar, 2025
अक्ल्याण्डको समय: ००:१७ |सिड्नीको समय: २२:१७ |काठमाडौंको समय: १७:०२

आइटी क्षेत्रमा जागिर खोजीरहेका लागि डीडब्लु आइटी फेयर, तीन हजारले गरे अवलोकन

एएनजेड खबरमार्च ९, २०२५

काठमाडौं । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी(डीयरवाक कलेज)ले विभिन्न २९ कम्पनीको सहभागितामा नेपालकै ठूलो डीयरवक ९डीडब्लु० आइटी फेयर २०२५ आयोजना गरेको छ ।

काठमाडौंको सिफलमा रहेको डीयरवाक कलेजले आइटी अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै आइटी फेयरको सातौं संस्करण आयोजना गरेको हो । फेयरमा आइटी पढेर रोजगारीको खोजीमा रहेकादेखि पढ्दै गरेका विद्यार्थीसम्म सहभागी भए ।

फेयरका कार्यक्रम संयोजक श्याम सुन्दर खतिवडाले फेयरमार्फत रोजगारदातालाई जोड्ने काम गरेको बताए । फेयरले आइटी क्षेत्रलाई योग्य जनशक्तिको छनौट गर्ने गरेको समेत उनले जानकारी दिए।

‘फेयरमा आइटीका विभिन्न २९ वटा कम्पनीहरुको सहभागिता छ, मेला विद्यार्थी र कम्पनीका लागि आफ्ना भ्याकेन्सीलाई पूरा गर्नका लागि अवसर बनेको छ’ खतिवडाले भने । उनका अनुसार सन २०१६ देखि यो मेला आयोजना हुँदै आएको छ । मेलामा अवलोकनकर्ता वर्षैपिच्छे बढिरहेका छन । गत वर्ष मात्र २४ सय विद्यार्थीले मेलाको अवलोकन गरेका थिए । मेलामा अघिल्ला वर्ष सहभागी कम्पनी र अहिले आएका कम्पनीको उत्साहले आइटी क्षेत्रमा सम्भावना पहिले भन्दा बढ्दै गएको देखिएको खतिवडाले बताए ।

अनुभव प्राप्त ब्यक्तिहरुले आइटीमार्फत आफ्नै घरमा बसेर चारपाँच लाखसम्म कमाइरहेको उनको भनाइ छ । उनले काठमाडौ भित्रका सबै आइटी कलेजलाई मेलाका लागि निमन्त्रणा गरिएको बताए ।

विद्यार्थीले मेलामा आफ्नो अनुभव, प्राथमिकतासहित आफ्नो बायोडाटा लिएर आउन सक्ने उनले जानकारी दिए। ‘कुन कम्पनिमा आफू योग्य छु भन्ने लाग्छ त्यही अनुसार छनौट गरेर विद्यार्थी आउन सक्नेछन्’, खतिवडाले जानकारी दिंदै भने ।

डियरवाक ग्रुपका अध्यक्ष क्याम्पस प्रमुख हितेश कार्कीले २०११ मा स्थापना भएको कलेजले २०१६ मा पहिलो पटक मेला आयोजना गरेको बताए । उनले काठमाडौमा विद्यार्थीहरु आइटीसम्बन्धी रोजगारी कहाँ कसरी पाइन्छ भन्ने जानकारी बिना नै अध्ययन गरिरहेको पाइएकाले मेलामार्फत सम्पूर्ण जानकारी दिइने गरिएको उनको भनाइ छ ।

‘कम्प्युटर साइन्स पढिरहेका विद्यार्थी काठमाडौमा धेरै छन, तर काम कसरी गर्ने भन्ने जानकारी सबैलाई छैन, सो विषयमा जानकारी दिने उद्देश्यका साथ हामीले आइटी मेलाको सुरुवात गरेका हौं,’ उनले भने। ‘मैले यो टेक्नोलोजीले के पाउँछु भन्ने जानकारी मेलाबाट पाइने कार्की बताउँछन ।

‘एआइको फाइदा लिएर आइटी क्षेत्रको जबलाई झनै परिपक्व बनाउन सहयोग पुग्ने अहिलेको अवस्था छ, एआइले जब लाने होइन, त्यसलाई प्रयोग गरेर अर्को परिपक्व काम गर्ने हो, अबको टेक्नोलोजी त्यता जाँदैछ, मेलामार्फत टेक्नोलोजीको विकसित प्रयोगको विषयमा बहस र छलफल भैरहेको छ,’ कार्कीले भने।

मेलामा सहभागी कम्पनी ‘मैत्री’का अभिनायक स्वाँरले मैत्रीले नेपालमा सफ्टवेयर निर्माणको काम गरिरहेको बताए । सो कम्पनीले अमेरिकामा भएको कम्पनिलाई इन्जिनियरिङ डिपार्टमेन्टमार्फत काम गरिरहेको उनले जानकारी दिए । स्वाँरले नेपालमा आइटी पढाउन सक्ने कलेज धेरै रहेको भन्दै कलेज नै नगएर पनि काम गर्न सक्ने क्षमता भएका ब्यक्तिहरुले आइटीका क्षेत्रमा काम गरिरहेको बताए । विश्वमा गुगल, एप्पल लगायतका कम्पनीमा काम गरिरहेका नेपालीहरु पनि रहेको उनले जानकारी दिए ।

सिफलमा रहेको डीयरवाक कलेजकी निर्देशक निजु दाहालले कलेज ग्राजुएटहरु रोजगारीको अन्योलमा भएकाले राम्रो कम्पनी छनौटका लागि मेला एउटा अवसर बन्दै आइरहेको जानकारी दिइन । सो कलेजमा मार्केटिङ इन्टन्र्सिप गरिरहेकी सिएसआइटीकी विद्यार्थी एन्सा भण्डारीले विश्व नै आइटीमा अगाडि बढिरहेको भन्दै आफुले आइटी विषय रोजेको बताइन ।

यस्तै सिएसआइटीकी अर्की विद्यार्थी सदिक्षा घिमिरेले नेपालमा मत्र नभएर विश्वको जुनसुकै कुनामा गएर पनि काम गर्न सकिन्छ भनेर आइटी विषय रोजेको बताइन । सोही कलेजका सफ्ट्वेयर क्लब अध्यक्ष दिपन सिलवालले आइटीका विद्यार्थीहरुका लागि नेपालमा नै पर्याप्त अवसर रहेको आफुले पाएको बताए। आफ्नो सीप र योग्यताले आइटीका विद्यार्थीले नेपालमा रोजगारी पाउने सम्भावना आफुले देखेको उनले बताएका हुन ।

सोही कलेजका सफ्ट्वेयर क्लब अध्यक्ष दिपन सिलवालले आइटीका विद्यार्थीहरुका लागि नेपालमा नै पर्याप्त अवसर रहेको आफुले पाएको बताए। आफ्नो सीप र योग्यताले आइटीका विद्यार्थीले नेपालमा रोजगारी पाउने सम्भावना आफुले देखेको उनले बताएका हुन । मेलामा तीन हजार बढीले अवलोकन गरेका छन् । सहभागी कम्पनीहरूले इन्टर्नशिपका साथै पूर्णकालीन र आशिंक जागिरका लागि आवदेनहरु लिएका छन् ।

तपाइँको प्रतिक्रिया