बुधबार, फागुन २८, २०८१ |Thu Mar, 2025
अक्ल्याण्डको समय: ०५:०८ |सिड्नीको समय: ०३:०८ |काठमाडौंको समय: २१:५३

पार्टी भित्र अन्याय हुन नदिने डा.शेखरको प्रतिबद्धता

एएनजेड खबरफ्रेब्रवरी २४, २०२५

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरु माथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेसको राप्ति स‍ोनारी गाउँपालिका सम्मेलनलाई आईतबार उदघाटन् गर्दै डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफुले लिने बताएका हुन ।
नेता डा.कोइरालाले थपे–’ढुक्क भएर संगठन गर्नुस, समयमै सदस्यता नविकरण गराउनुस ।’ सबै तहका कांग्रेस कार्यकर्ताहरु पार्टीको विधान अनुसार अघि बढन निर्देशन समेत दिए ।

ब्यक्ति बलियो होईन संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै देश दौडाहमा रहेका नेता डा.कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने समेत बताएका छन् ।

निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा.कोइराला शनिबार नेपालगन्जमा पुगेका हुन् ।

तपाइँको प्रतिक्रिया