बुधबार, फागुन २८, २०८१ |Wed Mar, 2025
अक्ल्याण्डको समय: ००:१७ |सिड्नीको समय: २२:१७ |काठमाडौंको समय: १७:०२

संसारको सबैभन्दा शान्तिपूर्ण देशको सूचीमा समेटियो न्यूजिल्याण्ड, नेपाल ८० औं स्थानमा

एएनजेड खबरफ्रेब्रवरी १७, २०२५

एजेन्सी । आइसल्यान्ड संसारकै सबैभन्दा शान्तिपूर्ण देश बनेको छ । युरोपमा रहेको यो देशको जनसंख्या ३ दशमलव ९४ लाख रहेको छ । यहाँ स्थायी सेना छैन । सुरक्षाको लागि अन्तर्राष्ट्रिय सम्झौतामा निर्भर छ ।

संसारमा हिंसाको घटना लगातार बढिरहेका बेला ग्लोबल पिस इन्डेक्सले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार शान्तिपूर्ण देशको सूचीमा आइसल्यान्ड अग्रस्थानमा छ ।

नेपाल ८० औं स्थानमा परेको छ भने छिमेकी देश भारत ११६औं स्थान र चीन ८८ औं स्थानमा परेको छ । आयरल्यान्ड सर्वाधिक शान्तिपूर्ण देशको दोस्रो स्थानमा छ भने अस्ट्रिया संसारको तेस्रो सबैभन्दा शान्तिपूर्ण देश बनेको छ ।

आन्तरिक राजनीतिक उथलपुथलबाट गुज्रिएको बंगलादेश ९३ र श्रीलंका १००औं स्थानमा परेको छ । ग्लोबल पिस इन्डेक्सअनुसार शान्तिपूर्ण देशको १० स्थानमा भित्र न्युजिल्यान्ड चौथो सबैभन्दा शान्तिपूर्ण देश बनेको छ ।

न्युजिल्यान्डको जनसंख्या ५१ दशमलव २ लाख रहेको छ । दक्षिण प्रशान्तमा रहेको यो देश लोकतान्त्रिक सिद्धान्तको लागि प्रसिद्ध छ । जहाँं स्वतन्त्र र निष्पक्ष चुनाव, न्यूनतम विदेशी प्रभाव तथा पर्याप्त राजनीतिक अधिकार र नागरिक स्वतन्त्रता सामेल छन् । न्युजिल्यान्डको प्रहरी बल विना हतियार ड्युटि निभाउछन् ।

यता, एसियाबाट मलेसिया संसारको दशौं सबैभन्दा शान्तिपूर्ण देश बनेको छ ।

तपाइँको प्रतिक्रिया