नेसपा (नयाँ शक्ति)को प्रवास प्रदेश समिति चयन
उपाध्यक्षमा अष्ट्रेलियाबाट सुमन खरेल
एएनजेड खबरफ्रेब्रवरी १, २०२५
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको दल नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रवास प्रदेश समितिको दोस्रो अधिवेशनले नयाँ कार्यकालका लागि पदाधिकारी निर्वाचित गरेको छ।
प्रवास प्रदेश समितिको अध्यक्षमा निर्मलकुमार स्याङतान (कुवेत) अध्यक्ष निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्षमा शकुन्तला गुरुङ (बेलायत), धनबहादुर बिक (जापान) र सुमन खरेल (अष्ट्रेलिया) निर्वाचित भएका छन्।
सचिवमा बुधवल गुरुङ (कतार) चयन भएका छन् भने सहसचिवमा प्रकाश केसी (जापान), बिपिन राई (मलेसिया) र मिनबहादुर चलाउने (क्रोएसिया) निर्वाचित भएका छन्। अमेरिकामा रहेका भरत डाँगी कोषाध्यक्ष निर्वाचित भएका छन्।
तपाइँको प्रतिक्रिया