शुक्रबार, पुष २६, २०८१ |Fri Jan, 2025
अक्ल्याण्डको समय: २३:३६ |सिड्नीको समय: २१:३६ |काठमाडौंको समय: १६:२१

भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलेर जोकोही छानविनको दायरामा आउनपर्छ : डा.डिला संग्रौला

एएनजेड खबरजनवरी १०, २०२५

बर्दिया । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले मुलुकको अस्थिरताको अन्त्य र समृद्धिका लागि एमालेसँग सहकार्य गर्नुपरेको बताएकी छन् ।

नेपाली कांग्रेस बर्दियाले विहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा डा.संग्रौलाले सहकार्य एमालेसँग भएपनि प्रतिस्पर्धा पनि एमालेसँग नै हुने स्पष्ट पारिन् ।

उनले आजको नेपाली कांग्रेसको लक्ष्य भनेको समुन्नत र समृद्ध नेपाल रहेको बताउँदै उनले सुशासन सार्थ समृद्धिका लागि भ्रष्टाचार सम्बन्धि सबै फाइल खोल्नुपर्ने धारणा राखिन् । । पार्टीको इतिहासलाई भजाएर मात्र होइन बर्तमानको आवश्यक्ता पुरा गर्नुपर्ने भन्दै उनले भनिन्,‘सुशासन र समृद्धिका लागि भ्रष्टाचारको सबै फाइल खोलिनुपर्छ । जोकोहीमाथि छानविन हुनुपर्छ । सुशासनको को जगमा मात्र समृद्धिको यात्रा तय हुने भएकाले भ्रष्टाचार न्यूनिकरण मुल एजेन्डा बनाइनुपर्छ ।’

उनले पार्टीको महाधिवेशन समयमै गराउन कार्यकर्ताहरुले माहोल सिर्जना गर्नुपर्ने र क्रियाशिल सदस्यस्ताको टुंगो चाँडो लगाउनुपर्ने बताइन् । नेताहरु एनपी साउद, अब्दुल सतार, गोविन्द बहादुर शाह र चम्पा खड्सहित लुम्बिनी प्रदेश भ्रमणमा पुगेकी डा. संग्रौलासहितको टोलीले बाँके, कपिलवस्तु, नवलपरासी र नवलपुरलगायतका जिल्ला भ्रमण गर्ने कार्यतालिका छ ।

तपाइँको प्रतिक्रिया