शुक्रबार, पुष १२, २०८१ |Sat Dec, 2024
अक्ल्याण्डको समय: ०४:२८ |सिड्नीको समय: ०२:२८ |काठमाडौंको समय: २१:१३

अष्ट्रेलियामा कांग्रेस नेता राठौरले गरे पार्टीको चर्चा र प्रवासीको प्रशंसा

एएनजेड खबरडिसेम्बर २५, २०२४

सिड्नी । नेपाली कांग्रेसका सह महामन्त्री किशोर सिंह राठौर अष्ट्रेलिया भ्रमणमा छन् । भ्रमणका क्रममा उनले जनसम्पर्क समिति अष्ट्रेलियाका प्रतिनिधिहरुसँग छलफल गरे । सिड्नीको मेरिल्याण्ड्स स्थित बार्दली फंसन सेन्टरमा उनले छलफल गरेका हुन् ।

सो क्रममा राठौरले मुलुकमा प्रजातन्त्रको स्थापना पछि शिक्षा ,स्वास्थ्य र सडक लगायतका क्षेत्रमा उलेख्य उपलब्धि हासिल भएको बताए । उनले जनताले सोचेको गतिमा मुलुकले बिकासको फड्को मार्न सकेको छैन भन्ने कुरालाई सबैले ममन गर्नुपर्ने र जनताको चाहना र मुलुकको आवस्यकता पुरा गर्न सरकार राजनैतिक दल लगायत सम्बद्ध पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

राष्ट्र र जनताको स्वतन्त्रताका लागि बलि चढन तयार बीपी कोइराला र सुर्वण शम्शेर अनि गणेशमान सिंह र किशुनजी जसता नेताको रगत र पसिनाले सिञ्चित नेपाली कांग्रेश नेपालका लागि एउटा मात्र माटो सुहाउदो दल भएको उनले बताए ।

बिपीको त्याग र तपस्याले बनेको नेपाली कांग्रेशमा निष्ठावानहरुको उपस्थीती पातलो गएको सुनाए । सो क्रममा न्यु साउथ वेल्स राज्यका लागि नेपालका बाणिज्यदुत संजीव शर्माले मुलुकको आर्थिक तथा सामाजिक बिकासमा हामि सबैको एक्यबद्धता हुनुपर्ने बताए ।

प्रवासमा रहेका नेपालीहरुले रेमिट्यान्स मार्फत नेपालको समृद्धिमा महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै सहमहामन्त्री राठौरले नेपालमा सडक र यातायातको विस्तार, सञ्चार र शिक्षाको पहुँच र अन्य पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे ।

जनसम्पर्क समिती अष्ट्रेलियाका अध्यक्ष सुरेस गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए अन्तरास्ट्रिय समन्वय समितिका सचिब ज्ञानेन्द्र रेग्मी,एनआरएनए अष्ट्रेलियाका पुर्वअध्यक्ष गणेश केसी, जनसम्पर्क विभागका सदस्य कृष्ण गीरी, जनसम्पर्क समितीका उपाध्यक्ष राजेश केसी, समुदायका अगुवा प्रेम सापकोटा लगायतले नेपाली राजनीतिमा कांग्रेसको भूमिकाबारे चर्चा गरे ।

जनसम्पर्क समितिका समित केसीद्वारा सन्चालित सो कार्यक्रममा अष्ट्रेलियन नेपाली समुदायका अगुवा डा.सीताराम जोशी, ग्रानभिल नेपाली समाजका अध्यक्ष भिम बस्नेत, धादिङ समाजका अर्जुन केसी लगायतको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया