शुक्रबार, पुष १२, २०८१ |Sat Dec, 2024
अक्ल्याण्डको समय: ०४:१२ |सिड्नीको समय: ०२:१२ |काठमाडौंको समय: २०:५७

एनएडिएफको कार्यसमिति विस्तार

एनएडिएफले केही कार्ययोजना समेत तय गरेको छ।

एएनजेड खबरडिसेम्बर २६, २०२४

अष्ट्रेलियामा रहेको नेपाली समुदायको पुरानो संस्था नेपालीज अष्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिएफ)ले कार्यसमितिमा केही मनोनयन गर्दै र आगामी समयका लागि केही कार्ययोजना तय गरेको छ। यसैवर्षको क्रिसमस र नयाँ वर्ष २०२५को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न संस्थाका अध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीको अध्यक्षतामा बसेको बैठकमा ती निर्णय लिइएका थिए।

नवनिर्वाचित कार्यसमितिमा पब्लिक अफिसरमा कञ्चन पोखरेल र प्रवक्तामा सत्यप्रकाश कँडेललाई मनोनित गरिएको छ।

त्यसैगरि कार्यसमितिको सदस्यमा डाक्टर मनोज सिंह, इन्जिनियर दिनेश भट्टराई, इन्जिनियर प्रणय गुरुङ, इन्जिनियर भरत कँडेल, राजेन्द्र रोक्का, समाजसेवी पुरु सडौला, पुरुषोत्तम अधिकारी, राजु गिरी, राजन लम्साल, विजय न्यौपाने, किरण अधिकारी, प्रविण चौरसिया, सबिन थपलिया, विशाल पोखरेल र शिव तिवारी मनोनित भएका छन्।

संस्थाको सोसियल र कल्चरल कोअर्डिनेटर (सामाजिक र सांस्कृतिक संयोजक)मा उपयुक्त महिला प्रतिनिधि तय गर्नका लागि सिफारिश गर्न महासचिव हरिकृष्ण अधिकारी र उपाध्यक्ष छवि सापकोटालाई जिम्मा दिइएको छ।

एनएडिएफलाई वैचारिक बहसको थलो बनाउने हेतुले प्रत्येक २/३ महिनामा विभिन्न सामाजिक र राजनीतिक विषयमा भौतिक रूपमै उपस्थित भएर वा अनलाइन वेबिनार गर्ने निर्णय पनि एनएडिएफको बैठकले गरेको छ।

नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोर र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता बलबहादुर केसी हाल अष्ट्रेलिया भ्रमणमा रहेकाले उनीहरू दुवै जनाको उपस्थितिमा अग्रेजी नयाँ वर्ष एवं मेलमिलाप दिवसको उपलक्ष्यमा एउटा कार्यक्रम गर्ने निर्णय समेत एनएडिएएफले गरेको छ।

एनएडिएफका महासचिव हरिकृष्ण अधिकारीकी माताको हालै भएको निधनमा एनएडिएफले दुःख प्रकट गर्दै कार्यसमितिले शोक प्रस्ताव पनि पारित गरेको छ।

अष्ट्रेलियामा नेपालको राजदूतावास स्थापना हुनु अगाडि नै स्थापित एनएडिएफ अष्ट्रेलियामा रहेका नेपाली माझ लोकतान्त्रिक मुल्य मान्यतामा विचार विमर्श गर्ने र नेपालको लोकतन्त्रलाई समेत योगदान गर्ने संस्थाको रुपमा परिचित रहेको छ।

तपाइँको प्रतिक्रिया