सोमबार, मंसिर १०, २०८१ |Mon Nov, 2024
अक्ल्याण्डको समय: ०९:३६ |सिड्नीको समय: ०७:३६ |काठमाडौंको समय: ०२:२१

अष्ट्रेलिया विश्वको दोस्रो सुरक्षित देश !

एएनजेड खबरनोभेम्बर २५, २०२४

मेलबर्न । यात्राका लागि अष्ट्रेलिया विश्वको दोस्रो सुरक्षित देशका रुपमा दरिएको छ । हालै सार्वजनिक एक प्रतिवेदनका अनुसार सन् २०२५ मा यात्रीहरुका लागि दोस्रो सुरक्षितका रुपमा स्थान पाएको हो । यसमा क्यानाडा विश्वको तेस्रो र आइसल्याण्ड पहिलो स्थानमा छ ।

‘बर्कशायर ह्याथवे ट्राभल प्रोटेक्सन’ (बीएचटीपी) ले वार्षिक सुरक्षा सूचकाङ्कका आधारमा यस्तो रिपोर्ट सार्वजनिक गरेको हो। उत्तर अमेरिकी यात्रा बीमा कम्पनीले भने सूची बनाएको थियो ।

उक्त सूची बनाउने क्रममा अमेरिकी यात्रीहरुलाई यात्रा सुरक्षाका धेरै पक्षहरुमा आधारित रहेर सर्वेक्षण गरिएको जनाइएको छ।

त्यसअनुसार अपराध, आतंकवाद र विभिन्न रोगहरुबाट सुरक्षा, ‘रंगीन यात्रीहरु’ र यौन अल्पसंख्यक (एलजीबीटीक्युआईए)यात्रीहरुको सुरक्षाको पक्ष पनि हेरिएको थियो।

सूची बनाउने क्रममा ग्लोबल पीस इन्डेक्स, नुम्बोको तथ्याङ्क र प्रत्येक देशका प्रमुख शहरहरुको अवस्था पनि अध्ययन गरिएको जनाइएको छ।

ती सबै पक्षहरुका साथ देशको समग्र सुरक्षा अवस्थालाई आधार बनाएर मूल्याङ्कन गरिएको हो। जसमध्ये स्विट्जरल्याड सूचीको पाचौँ नम्बरमा छ भने न्युजिल्याण्ड छैटौँमा परेको छ।

तपाइँको प्रतिक्रिया