सिड्नीमा आयोजित नेपाल फेस्टिभलमा उत्साहजनक सहभागिता
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा भएको नेपाल फेस्टिभल सिड्नी २०२४मा आगन्तुकहरुले उत्साहजनक सहभागिता जनाएका छन् । शनिबार डार्लिङ हार्बरको टम्बलङ पार्कमा भएको फेस्टिभलमा नेपाली कलाकारहरुले भरपुर मनोरन्जन समेत दिलाए ।
नेपाली कला–संस्कृति झल्कने प्रदर्शनी र कलाकारहरुको प्रस्तुतीमा आगन्तुकहरुले भरपुर मजा लिएका छन् । करिब २० हजारभन्दा बढी नेपालीले महोत्सवमा सहभागिता जनाएका आयोजकको दाबी छ ।
फेस्टिभल सुरु हुनुअघि नेपाली पहिरन र विविध कला–संस्कृति झल्काउने बाजागाजा र नाचगानसहित सहर परिक्रमा गर्दा विदेशीहरुले चाख दिएर अवलोकन गरेका थिए । फेस्टिभल अघि आयोजित डिनर कार्यक्रममा अष्ट्रेलियामा बसोबास गर्ने प्रतिष्ठित व्यक्तिहरुले सहभागिता जनाएका थिए ।
एनआरएन अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेष्टिभलको सिड्नी संस्करण सबैभन्दा पुरानो हो । नेपाल फेष्टिभलमार्फत नेपालीहरुले अष्ट्रेलियामा आफ्नो उपस्थितिलाई सेलिब्रेट गर्ने गरेका छन् । नेपाल फेष्टिभलको लागि २ लाख ५० हजार डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
तपाइँको प्रतिक्रिया