गैरआवासीय नेपालीहरुलाई लगानी भित्र्याउन सहज
एएनजेड खबरनोभेम्बर २४, २०२४
काठमाडौं । धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१ लाई नेपाल धितोपत्र बोर्डले स्वीकृती प्रदान गरी गैरआवासीय नेपालीको लगानी भित्र्याउने अभियानलाई थप उर्जा प्रदान गरेको छ ।
उक्त संशोधित निर्देशिकाले गैरआवासीय नेपालीको लगानी भित्र्याउन तथा लगानी फिर्ता सम्बन्धि विशेष व्यवस्था गरिएकोले गैरआवासीय नेपालीहरु अत्यन्त उत्साहित भएको एनआरएनले विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।
‘नेपालको इतिहासमा पहिलो पटक गैरआवासीय नेपालीलाई लक्षित गर्दै धितोपत्र निष्काशन गर्न आवश्यक व्यवस्था गरिएको यस कदमलाई गैरआवासीय नेपालीहरुले हार्दिक स्वागत गर्दै नेपालको विकासमा सहभागि हुने थप प्रतिबद्धता व्यक्त गर्दछ,’, विज्ञप्तिमा उल्लेख छ ।
तपाइँको प्रतिक्रिया