शुक्रबार, कार्तिक ३०, २०८१ |Fri Nov, 2024
अक्ल्याण्डको समय: ०९:२२ |सिड्नीको समय: ०७:२२ |काठमाडौंको समय: ०२:०७

चौतर्फी आलोचना र बदनाम बनेपछि बजगाईंले हटाए पोष्ट, कारवाहीका लागि कांग्रेसभित्र छलफल सुरु

एएनजेड खबरनोभेम्बर १४, २०२४

काठमाडौ‌‌। विदेशमा कालो धन राख्ने ५५ नेपालीको सूचीमा परेका सांसद राजेन्द्र बजगाईँ पछिल्लो दिन पुनः चर्चामा छन् । पर्यटनमन्त्री बद्री पाण्डेले एक क्यासिनोलाई अनुमति दिन करोडौं घुस लिएको आरोप लगाएपछि उनी चर्चामा मात्र नभइ आलोचित समेत बनिरहेका छन् ।

मन्त्री पाण्डेमाथि तथ्यहीन र भ्रामक आरोप लगाएपछि उनीमाथि कारवाहीको तयारी समेत भइरहेको छ । पार्टी सभापति शेरबहादुर देउवा सुदुर पश्चिम यात्राबाट फर्किएलगत्तै पदाधिकारीको बैठकम बसेर उनीमाथि कारवाहीको प्रक्रिया अघि बढ्ने बताइएको छ । कारवाहीका विषयमा कांग्रेस महामन्त्री गगन थापा, मन्त्री पाण्डे, सांसद प्रतिमा गौतमलगायतका नेताहरुले बुधबार साँझ छलफल समेत गरिसकेका छन् ।

बजगाईंले मंगलबार फेसबुक र ट्वीटरमा केही काँग्रेस नेतालाई समेत जोडेर तथ्यहीन पोस्टहरु गरेपछि आलोचित भइरहेका छ । सोही पोष्टका आधारमा केही अनलाइन मिडियाहरुले समाचार प्रशारण गरेका गरेपछि उनी चर्चासँगै आलोचित बनेका हुन् । हेलिकोप्टरबाट विरामीको उद्धार गरेर समाचार लेखाउने, मिडिया स्टन्ट गर्ने र अतिरन्जित अभिव्यक्ति दिएर चर्चामा आइरहने उनी यस पटक वदनाम पात्र बनेका हुन् ।

सर्वत्र आलोचना हुन थालेपछि बजगाईले सामाजिक संजालमा रहेका सबै पोष्टहरु हटाएका छन् । यसबाट उनले लगाएको सो आरोपमा कुनै दम नभएको पुष्टि भएको पाण्डेका समर्थकहरुले बताएका छन् । सांसद बजगाईंले केही समय पहिले मदिरा सेवन गरी प्राइम टेलिभिजनमा अन्तर्वार्ता प्रशारण भए पनि उनले सो भिडियो हटाउन लगाएका थिए ।

आफ्नो अनुकुल काम नभए जस्तोसुकै हर्कत गर्न पछि नपर्ने बजगाईंको यस पटककको अभिव्यक्तिले राजनीतिक यात्रामै गम्भीर असर पुर्याएको छ । क्यासिनोको चलखेल, ट्याक्स हेभन देशमा रकम लुकाउनेदेखि कालो धनको चलखेल गर्ने गतिविधिले बदनामी कमाउँदै आएका उनी कहिले डा.शेखर कोइराला, कहिले आरजु राणा र कहिले गगन थापा निकटको भनेर आफूलाई प्रचार गर्दै आइरहेका थिए । तर देउवा, शेखर, गगनलगायतका नेताले कारवाहीको चेतावनी दिएपछि उनी घरको न घाटको स्थितिमा पुगेका छन् । चौतर्फी आलोचना र बदनाम बनेपछि उनले आफ्ना विवादस्पद पोष्टहरु हटाएका हुन् ।

आपराधिक गतिविधिलाई राजनीतिक संरक्षणका लागि काँग्रेसमा जोडिएको आरोप खेपिरहेका उनले मोटो रकम आरजु देउवालाई बुझाएर गोरखा १ बाट सांसदको टिकट किनेको आरोप समेत लाग्ने गरेको छ । मदिराले मातेको बेला बजगाँइले विगतमा पनि अन्टसन्ट पोष्ट गर्ने गरेको उनी निकटहरुले बताउने गरेका छन् । जसका कारण समाजसेवा गरेर बजगाईंले कमाएको प्रसंशा पनि ओझेल पर्ने अवस्थामा पुगेको छ ।

यता, मन्त्री पाण्डेले आरोपको कडा प्रतिकार गर्दै मानहानी, चरित्र हत्या, साइवर अपराध र पार्टीको विधान विपरित अनुशासनहीन अभिव्यक्ति दिएका विषयमा कानुनी उपचार खोज्ने तयारी गरिरहेको प्रतिक्रिया दिएका छन् ।

आफूले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन लगायत केही राम्रा कामको थालनी गरेपछि केही माफियाका मतियार आफ्ना विरुद्ध कोपोलकल्पित आरोप लगाउन उद्धत मन्त्री पाण्डेले भएको बताएका थिए । उनले आफूले कुनै कतै भ्रष्टाचार गरेको पुष्टि भए तत्कालै आफ्नो राजनीतिक जीवन तिलाञ्जली दिने प्रतिज्ञा पटकपटक दोहोयाएका थिए ।

तपाइँको प्रतिक्रिया