बिहीबार, कार्तिक २९, २०८१ |Thu Nov, 2024
अक्ल्याण्डको समय: १७:०१ |सिड्नीको समय: १५:०१ |काठमाडौंको समय: ०९:४६

सेवा लम्साल बेल्जियमका लागि राजदूत निश्चित

एएनजेड खबरअक्टोबर ३१, २०२४

काठमाडौँ । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । बुधबार सिंहदरबार बसेको समितिको बैठकले प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन गरेको हो । सुनुवाइपछि बैठकमा समितिका ज्येष्ठ सदस्य सभापति पशुपति शमशेर जबराले प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन भएको जानकारी दिए ।

उनले भने, ‘सेवा लम्साललाई बेल्जियमको लागि नेपाली राजदूत पदमा प्रस्ताव गरी नेपालको संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सुनुवाइ समितिलाई सुनुवाइका लागि नाम प्राप्त भएको, संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० तथा संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० बमोजिम समितिले सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभव समेतको आधारमा सोही नियमावलीको नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिलाई प्रस्तावित पदमा अनुमोदन गर्ने ।’

बैठकमा प्रस्तावित राजदूत लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । उनले कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूतहरूले कार्ययोजना बनाउने तर कार्यान्वयन नगर्ने गरेको पाएको भन्दै आफूले प्रस्तुत गरेअनुसारका कामहरू कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाए ।

उनले आफूले आइटी क्षेत्र नेपालका लागि धेरै राम्रो रहेकाले बेल्ज्यिमबाट आइटीका लागि आवश्यक कामहरू अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिन् । राजदूतहरू मुलुकको लागि भन्दा पनि आफ्नै लागि र अवकाशप्राप्त जीवन आराम गर्न जाने भन्ने कुराहरू आएको भन्दै आफ्नो पनि अवकाश हुन लागेको तर काम गरेर देखाउनका लागि जान लागेको बताइन् ।

तपाइँको प्रतिक्रिया