शुक्रबार, मंसिर ७, २०८१ |Fri Nov, 2024
अक्ल्याण्डको समय: ०८:१४ |सिड्नीको समय: ०६:१४ |काठमाडौंको समय: ००:५९

क्यानाडामा विदेशी कामदारहरूको संख्या घटाइने

एएनजेड खबरअक्टोबर २५, २०२४

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाउने बताएका छन् । जस्टिन ट्रुडोले क्यानडामा अस्थायी विदेशी कामदारहरूको संख्या घटाइने बताएका हुन् । उनले भनेका छन्, ‘हामी कम्पनीहरूका लागि कडा नियमहरू लिएर आउँदैछौं, जसमा उनीहरूले किन क्यानाडाली कामदारहरूलाई पहिले काममा राख्न सक्दैनन् भनेर व्याख्या गर्नुपर्नेछ ।’

खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीचको सम्बन्धमा तनावको स्थितिको समयमा प्रधानमन्त्री ट्रुडोले यस्तो बताएका हुन् । उनको यो घोषणाले ठुलोसंख्यामा क्यानडामा रहेका भारतीयसहित विदेशी विद्यार्थी प्रभावित हुनसक्ने विश्लेषण गरिएको छ ।

भारतबाट लाखौं विद्यार्थी अध्ययनका लागि क्यानडा जान्छन् । भारतको विदेश मन्त्रालयको डिसेम्बर २०२३ को दस्तावेज अनुसार २ लाख ३० हजार भारतीय विद्यार्थी क्यानडामा अध्ययनरत रहेका छन् भने क्यानडामा कुल भारतीयको संख्या १८ लाख भन्दा बढी रहेको छ ।

तपाइँको प्रतिक्रिया