सोमबार, कार्तिक ५, २०८१ |Mon Oct, 2024
अक्ल्याण्डको समय: ११:०५ |सिड्नीको समय: ०९:०५ |काठमाडौंको समय: ०३:५०

लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध अनुसन्धान हुने, पोखरामा कार्यकर्ताको भीड

एएनजेड खबरअक्टोबर १९, २०२४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई संगठित अपराधमा पनि अनुसन्धान गर्नका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो । उक्त अनुमतिअनुसार नै कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरी पठाइिदन पत्र पठाएको हो ।

उनलाई पक्राउ गर्न प्रहरी उनी रहेको पार्टी कार्यालय वनस्थलीमा गइसकेको छ । उनीमाथि यसअघि दोहोरो नागरिकता प्रकरणमा कारबाही भएको थियो भने दोहोरो पासपोर्टको विषय अझै टुंगेको छैन ।

लामिछानेलाई पक्राउ गरी पोखरा ल्याएसँगै रास्वपाका नेता कार्यकर्ता पोखरा आउनेक्रम शुरु भएको छ । केही स्थलमार्ग र केही हवाई मार्ग हुँदै पोखरा आउँदैछन् । देशभरबाट पार्टी कार्यकर्ता पोखरा आउने अनुमान गरिएको छ ।

रास्वापका उपसभापति स्वर्णिम वाग्ले, उपाध्यक्ष डीपी अर्याल र रविकी पत्नी निकिता पौडेल लामिछाने पोखरा आइसकेका छन् ।

शुक्रबार पार्टीका विभिन्न तहका बैठक बसेर नेता कार्यकर्तालाई हाइअर्लटमा रहन निर्देशन दिइएको छ । पार्टीका नेता र कार्यकर्ता पोखरामा जम्मा भएर सभापति लामिछाने पक्राउको विरोध गर्ने तयारी छ । लामिछाने पक्राउपछि पोखरामा सुरक्षा सतर्कता बढाइएको छ ।

यसअघि रवि पक्राउ पर्नुअगाडि नै रास्वपाका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले अब पोखराबाट न्यायको लडाइँ शुरु हुने बताएका थिए ।

तपाइँको प्रतिक्रिया