सोमबार, कार्तिक ५, २०८१ |Mon Oct, 2024
अक्ल्याण्डको समय: १०:५४ |सिड्नीको समय: ०८:५४ |काठमाडौंको समय: ०३:३९

अष्ट्रेलियामा दुई दिन दशैंको उत्तम साइत, मुख्यमन्त्रीले पठाए शुभकामना सन्देश

एएनजेड खबरअक्टोबर १३, २०२४

मेलबर्न । अष्ट्रेलियामा नेपालीहरुमा वडादशैंको रौनक छाएको छ । नेपालीहरुले शनिबार र आइतबार दुई दिन दशैंको टीका लगाएर विजया दशमी मनाउँदैछन् ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले अष्ट्रेलियाको हकमा १३ तारिख आइतबारलाई उत्तम साइत रहेको जनाएको छ । शनिबार १२ तारिख दिन सुरु हुँदा दशमी तिथि नलागिसकेको कारणले आइतबार मात्रै टीका लगाउनु उपयुक्त हुने जनाएको छ । तर अधिकांशले शनिबार नै टीक ग्रहण गरेका छन् ।

मेलबर्नमा रहेको नेपाली मन्दिर अर्थात् अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरमा भने शनिबार र आइतबार दुई दिन नै टीक र जमरा वितरण गर्ने कार्यक्रम छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार अष्ट्रेलियामा विजया दशमी पर्वको दशमी तिथि उदयकालीन असोज २७ गते भएकाले २७ गते नै टीकाजमरा ग्रहण गर्नुपर्छ भनेको छ ।

वडादशैंका अवसर पारेर स्थानीय नेता एवम सरकारी अधिकारीहरुले शुभकामना सन्देश पठाइरहेका छन् । न्यू साउथ बेल्स राज्यका प्रिमियर अर्थात मुख्यमन्त्रीले एक भिडियो सन्देश मार्फत अस्ट्रेलियामा नेपाली समुदायले मनाउने दसैं पर्वले साँस्कृतिक एकता ल्याउने बताएका छन् ।

त्यस्तै, साउथ अस्ट्रेलियाका मुख्यमन्त्रीले झन् एडिलेडमा रहेका अधिकांश नेपाली संघसंस्थालाई संस्थागत रुपमै शुभकामना सन्देश पठाएका छन् ।

तपाइँको प्रतिक्रिया