शुक्रबार, कार्तिक २, २०८१ |Fri Oct, 2024
अक्ल्याण्डको समय: २१:३६ |सिड्नीको समय: १९:३६ |काठमाडौंको समय: १४:२१

छक्कापञ्जा ५ को पहिलो हप्ता अष्ट्रेलियाव्यापी सफल प्रदर्शन

एएनजेड खबरअक्टोबर १३, २०२४

सिड्नी। अघिल्ला ४ सिक्वेलहरूमा दर्शकको अपार स्नेह पाउन सफल चलचित्र श्रृखंलाको छक्कापञ्जा ५ नेपालका साथसाथै अष्ट्रेलियामा पनि दशैंको छेको पारेर प्रदर्शन थालिएको छ। नेपालमा थालिएकै दिन अष्ट्रेलियामा समेत थालिएको प्रदर्शन उक्त चलचित्रको बक्स अफिस प्रदर्शनकै एक हिस्सा हो। 

ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेशन तथा सिड्नीको रकडेलमा आधारित नेपाली युवाहरूको समूह रकडेल ब्वाइजले अष्ट्रेलियामा प्रस्तुत गरको चलचित्र अष्ट्रेलियाको विभिन्न सिनेमाहलमा पहिलो हप्ता सफलरूपमा चलिरहेको चलेको रकडेल ब्वाइजसँग सम्बद्ध सितल गिरिले एएण्डजेड खबरलाई बताएका छन्। दर्शकको आकर्षण हेर्दा छक्कापञ्जा ५ तेस्रो हप्तासम्म अष्ट्रेलियामा सफलतापूर्वक जानसक्ने पनि गिरिले बताएका छन्।  रकडेल ब्वाइज नेपालीमुलका युवालाई अष्ट्रेलियामा प्रोत्साहित गर्ने समूहमा रूपमा चर्चित छ।

नमस्ते इन्टरटेनमेन्ट र गिरिश इन्टरटेन्टमेन्टले न्युजिल्याण्ड र अष्ट्रेलियामा छक्कापञ्जा ५ वितरण गरेका छन्।

नेपाली समाजका सामाजिक र राजनीतिक विषयवस्तुलाई रोचक र आकर्षक तरिकाले पस्किएकाले छक्कापञ्जाका यसअघिका सिक्वेललाई नेपालभित्र र बाहिरका दर्शकले अत्यधिक रूचाएका थिए।


तपाइँको प्रतिक्रिया