अस्पताललाई ४१ करोड दिएका मीनबहादुरले बाढी पहिरो पीडितलाई दिए एक करोड ११ लाख
काठमाडौँ । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पहिरो पीडितका लागि मोटो रकम सहयोग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भाटभटेनीका अध्यक्ष गुरुङ दम्पतीले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरे ।ेउनको यो कदमको प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् । उनलाई मनकारी व्यवसायी भनेर ओलीले सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले गुरुङ दम्पतीले दिएको चेक तत्कालै गृहमन्त्री रमेश लेखकलाई हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गरिएको गुरुङले जनाएका छन् । मनकारी व्यवसायी गुरुङले यसअघि डा.भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका थिए ।
त्यस्तै जाजरकोट भूकम्पपछि उद्धार र राहतका लागि गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए ।
तपाइँको प्रतिक्रिया