आइतबार, मंसिर ९, २०८१ |Sun Nov, 2024
अक्ल्याण्डको समय: ०७:५७ |सिड्नीको समय: ०५:५७ |काठमाडौंको समय: ००:४२

वर्षाका कारण अलपत्र परेका पर्यटकहरूका लागि मन्त्री पाण्डेले जारी गरे नौं बुँदे निर्देशन

एएनजेड खबरसेप्टेम्बर २९, २०२४

काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत दुई दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न निर्देशन दिएका छन्।

शनिवार मन्त्री पाण्डेको संयोजकत्वमा मन्त्रालय सम्बद्ध निकाय एवं पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित व्यावसायिक संस्थाका प्रमुख तथा प्रतिनिधिसँग आकस्मिक बैठकमार्फत उक्त निर्देशन दिएका हुन्। मन्त्री पाण्डेको संयोजकत्वमा बसेको बैठकले विभिन्न ९ बुँदे निर्देशनात्मक आदेश जारी गरेको हो।

अलपत्र पर्यटकहरूलाई तत्काल उद्धार गर्नका लागि उद्धार कार्यमा पर्यटक प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गर्ने,आन्तरिक उडान अवरुद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुहरूको टिकट सार्न अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुसेवा कम्पनीहरूले आवश्यक समन्वय गर्ने, हेलिकप्टरबाट उद्धार उडान गर्दा नियमित एवं सहुलियत शुल्कमा नै गर्ने व्यवस्था मिलाउने,वायुसेवा कम्पनीका हेलिकोप्टरहरू र र्याफ्टिङ एसोसिएसनका जनशक्ति तथा उपकरणहरूलाई अधिकतम परिचालन गर्ने गरी तयारी अवस्थामा राखे। साथै र्याफ्टिङ सम्बन्धी संस्थाहरूले उद्धारमा गरेको प्रशंसनीय कार्यलाई निरन्तरता दिने लगायतका निर्देशन जारी गरिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव रामकृष्ण लामिछानेले जानकारी दिए।

तपाइँको प्रतिक्रिया