शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २३:५२ |सिड्नीको समय: २१:५२ |काठमाडौंको समय: १७:३७

एक्काको अध्यक्षमा कोमलराज पाठक निर्वाचित, यस्तो बन्यो कार्यसमिति

एएनजेड खबरसेप्टेम्बर २०, २०२४

सिड्नी । कोमलराज पाठकको नेतृत्वमा अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स (एक्का)को नयाँ नेतृत्व चयन भएको छ।

सिड्नीमा शुक्रवार सम्पन्न एक्काको सातौ साधारणसभाले पाठकको नेतृत्वमा नया नेतृत्व चयन गरेको हो । संस्थाको उपाध्यक्षमा चुडामणी सिलवाल, सत्यप्रकाश कडेल र शंकर धरेल निर्वाचित भएका छन् ।

त्यसैगरी संस्थाको सचिवमा योगेन्द्र पौडेल, सहसचिवमा राम चालिसे, कोषाध्यक्षमा भुवनहरि पाण्डे निर्वाचित भएको एक्काले जनाएको छ ।

त्यस्तै कार्यसमिति सदस्यमा अनिश पुरी,अर्जुन थपलिया, भुमि सुवेदी, सुनिल सिग्देल, अरूण गौतम, दिपक पौडेल,सागरकुमार शर्मा, सुमन अधिकारी निर्विरोध चयन भएको एक्काले जनाएको छ ।

तपाइँको प्रतिक्रिया