शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:३९ |सिड्नीको समय: ०७:३९ |काठमाडौंको समय: ०३:२४

अष्ट्रेलियाको पर्थमा हुने नेपाल फेष्टिभलको तयारी अन्तिम चरणमा

एएनजेड खबरसेप्टेम्बर १२, २०२४

-उत्सवप्रताप थपलिया

सिड्नी । गैरआवासीय नेपाली संघ पश्चिम अष्ट्रेलियाको आयोजनामा यही आउंदो सेप्टेम्बर १४ तारिखमा पर्थमा हुन् गइरहेको नेपाल फेष्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली भाषा, संस्कृति, भेषभूषा, इतिहास र पर्यटनलाई प्रवर्द्धनको लागि यस कार्यक्रमले महत्वपूर्ण योगदान दिने छ।

नेपाल फेष्टिभल पर्थ २०२४ लाई सब्य र भब्य बनाउन एनआरएन वेष्टर्न अष्ट्रेलियाको टिम सहित नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया नावा र विभिन्न संस्था, क्लब र व्यवसायीहरु सक्रियताका साथ लागेको छ ।

नेपाल फेष्टिभलको मुख्य प्रायोजकको रुपमा अजी फाईनान्स एण्ड होम लोन छ भने, सिटी अफ पर्थ र बहुसांस्कृतिक मन्त्रालयले पनि आर्थिक अनुदान गरेको छ ।

नेपाल फेष्टिभल आयोजक समिति एवं एनआरएन डब्लूएका कोषाध्यक्ष हरिवंस संजेल (सुमन) का अनुसार यस पटकको नेपाल फेष्टिभलमा सहभागी हुन अष्ट्रेलियाका विभिन्न राज्यबाट एनआरएनका अभियन्ताहरु, सामाजिक व्यक्तित्व, नेपाली समूदायका अगुवाहरु, पत्रकार र पश्चिम अस्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारीहरु सहभागी बन्नेछन्।

संजेलका अनुसार फेष्टिभलमा सहभागीहरुले नमूना धरहरा, नमूना सगरमाथा, बुद्धको मूर्ति, ढुंगेधारा हेर्न पाउनेछन् ।

बालबालिकादेखि बृद्धसम्मलाई रमाइला गतिविधि समावेश गरिनेछ । नेपाली गीत संगीतहरु पनि प्रवर्धन गरिने छ नेपालबाट ख्याति प्राप्त कलाकारहरुको प्रस्तुतिलाई पनि समेटिनेछ ।

लोकदोहिरी गायक बद्रि पंगेनी, आस्था राउत, द याक्स ब्याण्ड र स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ। यस पटकको फेस्टिभलमा लोकल पत्रिकाहरु, डिजिटल पोर्टल सार्वजनिक यातायातका साधन, प्रचार सामग्री राखिएको थियो ।

नेपाल फेष्टिभल सुप्रिम कोर्ट गार्डेनमा हुनेछ। दिउसो ११ बजे कलश यात्रा गरी कार्यक्रमको श्री गरिनेछ । यस पटकको फेष्टिभलमा १२ हजार दर्शक सहभागी हुने अपेक्षा छ । पहिलोपल्ट नेपाल फेष्टिभलमा फायर वोर्क गरेर भव्यताका साथ समापन गर्ने योजना छ ।

तपाइँको प्रतिक्रिया