शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:२६ |सिड्नीको समय: ०७:२६ |काठमाडौंको समय: ०३:११

अस्ट्रेलियाको राजदूतमा सिफारिस भएकी चित्रलेखाको राजनीतिक इतिहास

एएनजेड खबरसेप्टेम्बर १०, २०२४

काठमाडौं । सरकारले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम पूर्वउपसभामुख चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरेको छ ।

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीस्तरीय सुविधा पाउनेगरी यादवलाई अस्ट्रेलियाको राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।

अब यादवको नाम प्रस्तावित राजदूतको रूपमा संसदीय सुनुवाइ समितिमा जानेछ । समितिले अनुमोदन गरेमा उनी अस्ट्रेलियाको लागि नेपाली राजदूत बन्नेछिन् ।

सत्ता गठबन्धनमा भागवण्डा हुँदा अस्ट्रेलियाको राजदूत नेपाली कांग्रेसको भागमा परेको थियो । यसअघि अस्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस भएको थियो । तर, अन्तिममा रिजालको नाम फिर्ता भएको थियो । अहिले सोही ठाउँमा यादवको नाम सिफारिस गरिएको हो ।

पार्टी सभापति शेर बहादुर देउवानिकट मानिएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भइसकेकी छिन् । उनी पार्टीको कोषाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेकी छिन् । २०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिईन् ।

सिराहामा जन्मिएकी उनी सुशील कोइराला प्रधानमन्त्री भएको बेला शिक्षामन्त्री भएकी थिइन । मधेस प्रदेशको भुगोलको महिला तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी उनले गीता यादवलाई पराजित गरेकी थिइन । संसदीय दलको प्रमुख सचेतक भइसकेकी उनलाई परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले राजदूतका लागि नाम सिफारिस गरेकी थिइन ।

लोकतान्त्रिक आन्दोलन र कांग्रेसको संगठन निर्माणमा लामो अनुभव संगालेकी उनले ६२–०६३ को जनआन्दोलनका क्रममा विघटति प्रतिनिधिसभाको सडकमा अधिवेशन चल्दा तत्कालिन उपसभामुख उनले सडकमै अधिवेशन चलाएकी थिइन्।

तत्कालिन सभामुख तारानाथ रानाभाटले सो आन्दोलनलाई समर्थन नगरेकाले सडक संसदको सभामुख यादव भएकी थिइन्। जनआन्दोलनपछि संसद पुनःस्थापित भयो। तर, सभामुख भने यादव हुन पाइनन्। सभामुख तत्कालिन एमाले नेता सुवास नेम्वाङ सभामुख बनेका थिए। तत्कालीन समयमा यादवले आफूले साउथ एसियामै पहिलो सभामुख हुने अवसर गुमाउँदा निकै रोएको प्रतिक्रिया दिएकी थिइन ।

आन्दोलनपछि पुनर्स्थापित ऐतिहासिक प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता यादवले गरेकी थिइन् । ११ वैशाख ०६३ मा राजतन्त्रले घुँडा टेकेसँगै प्रतिनिधिसभा पुनर्स्थापना भएको थियो । आन्दोलनका वेला राजालाई साथ दिएका तत्कालीन सभामुख रानाभाटले १३ वैशाखमा राजीनामा दिए, त्यही दिन सुरु भएको संसद्को अध्यक्षता तत्कालीन उपसभामुख यादवले गरेको थिइन् ।

तपाइँको प्रतिक्रिया