शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:५९ |सिड्नीको समय: ०७:५९ |काठमाडौंको समय: ०३:४४

न्युजिल्याण्डमा अन्तर्राष्ट्रिय पर्यटनको योगदान उच्च, लेभी तीन गुणाले बढ्ने

एएनजेड खबरसेप्टेम्बर ९, २०२४

एजेन्सी । अन्तर्राष्ट्रिय आगन्तुक सर्वेक्षण अनुसार न्युजिल्याण्डको अन्तर्राष्ट्रिय पर्यटन कोभिड १९ महामारीको प्रभावपछि पुनः शुरु भएको छ ।

अन्तर्राष्ट्रिय पर्यटनले यस वर्षको दोस्रो त्रैमासिकमा न्युजिल्याण्डको अर्थतन्त्रमा २.६ बिलियन न्युजिल्याण्ड डलर योगदान गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले बढी रहेको सर्वेक्षणले जनाएको छ ।

अन्तर्राष्ट्रिय पर्यटन न्युजिल्याण्डको दुग्ध उत्पादनपछि दोस्रो योगदानको हो । न्युजिल्याण्ड सरकारले सार्वजनिक सेवा र उच्च गुणस्तरीय अनुभवहरूमा आगन्तुकहरूको योगदान सुनिश्चित गर्न अन्तर्राष्ट्रिय आगन्तुक संरक्षण र पर्यटन शुल्कमा उल्लेखनीय वृद्धि गरेको छ ।

त्यस्तै, न्युजिल्याण्ड प्रवेश गर्ने पर्यटकले तिर्दै आएको अन्तर्राष्ट्रिय आगन्तुक संरक्षण र पर्यटन लेभी अब तीन गुणाले बढ्ने बताइएको छ ।
अक्टोबर १ बाट लागु हुने गरि लेभी ३५ डलर बाट १०० डलर पुर्याईने भएको हो । अब न्युजिल्याण्डको लागि भिसा आवेदन दिने हरेक पर्यटकले ३५ डलरको साटो १०० डलर तिर्नु पर्ने भएको छ ।

यसअघि आवेदन शुल्कको रुपमा १९० डलर, ईमिग्रेशन लेभीको २१ डलर र पर्यटक लेभीको रुपमा ३५ डलर तिर्दै आउनु परेको थियो । सन् २०१९ मा लेबर पार्टीको सरकारले न्युजिल्याण्डमा पर्यटकको लागि अन्तर्राष्ट्रिय आगन्तुक संरक्षण र पर्यटन लेभी भन्दै ३५ डलर अशुल्दै आएको थियो ।

तपाइँको प्रतिक्रिया