बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:१७ |सिड्नीको समय: ०२:१७ |काठमाडौंको समय: २२:०२

श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै

एएनजेड खबरअगस्ट २६, २०२४

काठमाडौँ । आज(सोमबार)भाद्र कृष्ण अष्टमी, श्रीकृष्णजन्माष्टमी पर्व । वैदिक सनातन हिन्दू धर्मावलम्बीले देश एवम विदेशमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक श्रीकृष्णजन्माष्टमी पर्व मनाउँदैछन् ।

द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात भगवान् विष्णु आठौँ अवतारका रूपमा कृष्ण भएर जन्मिएको पुराणहरूमा उल्लेख छ । यसर्थ आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई मोहरात्रि भन्ने गरिन्छ ।

यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा, आराधना, भजनकीर्तनका साथै विशेष गरी भक्तजन व्रत बस्ने गर्दछन् ।

पृथ्वीलोकमा अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानवको रक्षा गर्नका लागि नै भगवान् विष्णुले कृष्णको रुपमा जन्म लिएको र श्रीकृष्णले सत्यको पक्षमा रहेर सत्कर्म गर्नका लागि मानवलाई प्रेरित गरेको धार्मिक मान्यता छ ।

तपाइँको प्रतिक्रिया