शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:३९ |सिड्नीको समय: ०७:३९ |काठमाडौंको समय: ०३:२४

एनएडिफको मेम्वरसीप आवेदन खुल्यो, अधिवेशन सेप्टेम्वरमा

एएनजेड खबरअगस्ट १३, २०२४

अष्ट्रेलियामा रहेका प्रजातन्त्रवादीहरुको संस्था नेपाल अष्ट्रेलिया डेमोक्रेटिक फोरम (एनएडिएफ) नयाँ नेतृत्व चयनका लागि अधिवेशनको तयारीमा जुटेको छ ।
आगामी सेप्टेम्वरमा सिड्नीमा आयोजना गरिने अधिवेशनको प्रकृयामा सहभागि हुनका लागि सदस्यता दर्ताको प्रकृयालाई गत अगष्ट ८ तारिखदेखि नै खुल्ला गरिसकेको छ । साथै सदस्यता फारम भर्ने अन्तिम मिति अगस्ट २८ तारिखसम्म रहेको पनि एनएडिएफले जनाएको छ । (लिंक :https://nadf.org.au/)
प्रति ब्यक्ति ५० डलर सदस्यता सुल्क तोकिएको र अनलाईन मार्फत एक मिनेटमै सदस्यता फारम भर्ने सहज ब्यवस्था गरिएको एनएडिफका सचिव हरिकृष्ण अधिकारीले एएनजेड खवरलाई बताए ।
सन् १९९८ मा स्थापना भएको एनएडिफ अष्ट्रेलियामै पहिलो रजिष्ट्रर्ड संस्था हो । एनएडिएफले स्थापनाकाल देखि हालसम्म निरन्तर रुपमा सामाजिक, राजनितिक र परोपकारी कार्यमा सहभागि संस्थाका रुपमा अग्रपंक्तीमा रहेर गौरवशाली इतिहास रचेकाले संस्था प्रतिको प्रजातन्त्रवादी साथीहरुको आकर्षण बढेको एनएडिएफका अध्यक्ष भीष्म भण्डारीले बताएका छन् ।
प्रवाशमा छरिएर रहेका प्रजातन्त्रवादीहरु एउटै छातामुनी गोलबद्ध भएर अटाउने मञ्चका रुपमा एनएडिएफ रहेकाले कर्मभूमि र जन्मभूमिका सुखदुखमा रमाउने सेतुका रुपमा रहेको संस्थामा धेरै भन्दा धेरै प्रजातन्त्रवादी साथीहरु यस पटकको अधिवेशनमा जोडिने अपेक्षा गरेको उपाध्यक्ष छवि सापकोटाले जनाए ।
एनएडिएफका कोषाध्यक्ष विकास सापकोटाले अष्ट्रेलियामा नेपालीहरुको संख्या द्रुततर गतिमा बढेसंगै संस्थाको महत्व र जिम्मेवारीपनि बढ्दै गएकाले आसन्न अधिवेशनले संस्थालाई अझै उचाईमा लैजाने दावी गर्दै भने,‘ यो पटक अष्ट्रेलियाका धेरै भन्दा धेरै प्रजातन्त्रवादी प्रवाशी नेपालीहरु संस्थामा जोडिनुहुने मैले अपेक्षा गरेको छु ।’

तपाइँको प्रतिक्रिया