शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:३२ |सिड्नीको समय: ०७:३२ |काठमाडौंको समय: ०३:१७

अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले राष्ट्रपतिसँग मागिन विदा

एएनजेड खबरअगस्ट १३, २०२४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले बिदाइ भेट गरेकी छिन् ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले सोमबार राष्ट्रपति भवनमा सो भेट भएको जानकारी दिए ।

सो अवसरमा नेपाल र अष्ट्रेलियाबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको सहायक प्रवक्ता पन्थीले बताए ।

सोही अवसरमा राष्ट्रपति पौडेलले राजदूत वोकलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद व्यक्त गरे

तपाइँको प्रतिक्रिया