शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:०९ |सिड्नीको समय: ०८:०९ |काठमाडौंको समय: ०३:५४

तीन हजार ४६१ जना नेपाली इजरायल जान पाउने

एएनजेड खबरअगस्ट ६, २०२४

काठमाडौं । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्नका लागि दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

दोस्रो चरणमा केयर गिभरका लागि आवेदन दिएका चार हजार २ जनामध्ये एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला गरी तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको छ ।

आवेदकमध्ये कागजात नपुगेका तथा रीत नपुगेका कारण १९७ पुरुष र १२४ महिला गरी ३२१ जनाको आवेदन रद्द भएको विभागले जनाएको छ । केयर गिभरका लागि विभागले गत असार ११ गतेदेखि साउन ११ गतेसम्म एक हजार वैकल्पिकसहित दुई हजार आवेदन आह्वान गरेको थियो । नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाइँदै आएको छ । यसमा निजी क्षेत्रको संलग्नता छैन ।

तपाइँको प्रतिक्रिया