शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:५५ |सिड्नीको समय: ०७:५५ |काठमाडौंको समय: ०३:४०

बानेश्वरमा ‘अष्ट्रेलिया एड्मिसन डे’ हुने

एएनजेड खबरअगस्ट ५, २०२४

काठमाडौं । काठमाडौंको बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले यही अगष्ट २५ मा ‘अष्ट्रेलिया एड्मिसन डे २०२४’ आयोजना गर्ने भएको छ ।

अल्फाबिटाले वर्षभरी विद्यार्थीहरुलाई लोकल एजुकेसन र इन्टरनेशनल एजुकेसनको बारेमा परामर्श दिनेलगायत विभिन्न शैक्षिक क्रियाकलाप गर्दै आएको छ । यो पटक उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने सोच बनाएका विद्यार्थीलाई लक्षित गर्दै अष्ट्रेलिया एड्मिसन डे आयोजना गर्न लागेको अल्फाबिटाले जनाएको छ ।

एड्मिसन डेमा विद्यार्थीलाई परामर्श दिनका लागि अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटीका प्रतिनिधि सहभागी हुनेछन् । सो अवसरमा युनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर अष्ट्रेलियाको शिक्षा नीति, भर्ना, छात्रबृत्ति तथा शुल्क, भिसा डकुमेन्टेसनलगायत आवश्यक सम्पूर्ण जानकारी लिन सक्नेछन् ।

विद्यार्थी तथा तिनका अभिभावकले आफ्ना जिज्ञासाहरू सिधै युनिभर्सिटीका प्रतिनिधिसँग राखेर उपयुक्त कलेज छान्न सक्ने भएकाले यस अष्ट्रेलिया एड्मिसन डे निकै महत्वपूर्ण हुने अल्फाबिटाले विश्वास लिएको छ । युनिभर्सिटीका प्रतिनिधिसँग जिज्ञासा राख्दा कुनै शुल्क लाग्ने छैन । उक्त कार्यक्रम अल्फाबिटा कम्प्लेक्स भवनमै बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ ।

अल्फाबिटा विगत लामोसमयदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत छ । यसले अष्ट्रेलियालगायत यूके, अमेरिका, क्यानडा, आयरल्याण्डलगायत देशमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ।

तपाइँको प्रतिक्रिया