शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:२८ |सिड्नीको समय: ०७:२८ |काठमाडौंको समय: ०३:१३

विदेश घुम्न जानेहरुलाई डलर सटहीमा अब सजिलो बनाइने

एएनजेड खबरअगस्ट २, २०२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश घुम्न जानेहरुलाई दिने डलर सटहीको सुविधालाई सहजीकरण गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले राहदानी वापत उपलब्ध हुने विदेशी मुद्रा सटही सुविधासम्बन्धी विद्यमान व्यवस्थामा सहजीकरण गर्ने भएको छ ।

हालसम्म वर्षमा दुई पटकसम्मको लागि राष्ट्र बैंकले विदेश जानेका लागि दिने डलर सटहीको सुविधा एक पटकमा २५ सय डलर दिँदै आएको थियो ।

अब यो व्यवस्थालाई थप सहजीकरण गर्ने भएको पनि राष्ट्र बैंकले जारी गरेको चालु आव २०८१/८२ को मौद्रिक नीतिमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया