आइतबार, मंसिर ९, २०८१ |Sun Nov, 2024
अक्ल्याण्डको समय: १३:४७ |सिड्नीको समय: ११:४७ |काठमाडौंको समय: ०६:३२

अस्ट्रेलियालीहरूले दैनिक दुई करोड ९० लाख डलर बराबरको खाना खेर फाल्छन् !

एएनजेड खबरजुलाइ २८, २०२४

काठमाडौं । अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको छ ।

इन्ड फुड वेस्ट अस्ट्रेलिया (इएफडब्लुए) द्वारा प्रकाशित प्रतिवेदनअनुसार अस्ट्रेलियालीहरूले दैनिक दुई करोड ९० लाख डलर बराबरको खाना खेर फाल्छन् ।

दक्षिण अस्ट्रेलियामा रहेको इएफडब्लुएका प्रमुख कार्यकारी स्टिभन लापिजले यहाँ ३७ लाख घरपरिवारलाई टेबलमा खाना राख्न सङ्घर्ष गरिरहेको समयमा प्रत्येक अस्ट्रेलियालीलाई दिउँसोको खाना उपलब्ध गराउन यो बर्बादी पर्याप्त रहेको बताए ।

अस्ट्रेलियालीहरूले प्रत्येक वर्ष बर्बाद गर्ने खानाको संयुक्त मूल्य ३६ अर्ब ६० करोड अस्ट्रेलियाली डलर (२४ अर्ब ३० करोड अमेरिकी डलर)रहेको प्रतिवेदनले अनुमान गरेको छ ।

नयाँ प्रतिवेदन सन् २०२४ राष्ट्रिय खाद्य अपशिष्ट शिखर सम्मेलनको पूर्वसन्ध्यामा प्रकाशित गरिएको थियो । यसले मेलबर्नमा विश्वभरका विज्ञ र उद्योगका नेताहरूलाई एकसाथ आमन्त्रण गर्दछ ।

लापिजले एक मिडिया विज्ञप्तिमा दुई दिने कार्यक्रम राष्ट्रिय रणनीति र सन् २०३० लक्ष्यको बीचको बीचमा बिन्दुमा आउने बताए । रासस,सिन्ह्वा

तपाइँको प्रतिक्रिया