शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:५३ |सिड्नीको समय: ०९:५३ |काठमाडौंको समय: ०५:३८

बंगलादेशमा रहेका नेपाली विद्यार्थी धमाधम स्वदेश फिर्ता

एएनजेड खबरजुलाइ २३, २०२४

काठमाडौं । बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरू सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउँदै हालसम्म एक हजार तीन सय स्वदेश फिर्ता भई सकेको र बाँकी सुरक्षित रहेको जानकारी दिएको हो ।

गत जेठबाट सुरु भएको आन्दोलनमा कम्तिमा १५० को ज्यान गएको छ भने बङ्गलादेशमा सैन्य कर्फ्यू लागु गरिएको छ । इन्टरनेट सेवा बन्द गरिएको छ । यस अगाडि ढाकास्थित नेपाली राजदूतावासले साह्रोगाह्रो परेकालाई सहयोग गर्न एक सूचना प्रकाशन गरेर नम्बर सार्वजनिक गरेको थियो।

तपाइँको प्रतिक्रिया