शुक्रबार, कार्तिक २, २०८१ |Fri Oct, 2024
अक्ल्याण्डको समय: १९:१७ |सिड्नीको समय: १७:१७ |काठमाडौंको समय: १२:०२

संजयभक्त कंडेलको नेनृत्वमा प्रेस युनियन युरोप विस्तार

एएनजेड खबरजुलाइ १५, २०२४

काठमाडौं । नेपाल प्रेस युनियन अब युरोपमा पनि फैलिएको छ । आइतबार प्रथम अधिवेशनबाट संजय भक्त कंडेलको नेतृत्वमा प्रेस युनियन युरोप समिति चयन भएसँग युनियन युरोपमा फैलिएको हो ।

नेपालका सबै जिल्ला र प्रदेशमा संरचना विस्तार गरिसकेको युनियनले युरोपलाई प्रदेश स्तरमा स्वीकृती प्रदान गर्दै अधिवेशन गरेको हो । आरके त्रिपाठीको संयोजकत्वमा बनेको निर्वाचन समितिले केन्द्रीय प्रतिनिधि युनियन केन्द्रका उपमहासचिब युवराज गौतमको रोहवरमा वरिष्ठ उपाध्यक्ष एकसहित तीन उपाध्यक्ष, एक महासचिव, एक उपमहाचिव र एक सचिव एवम कोषाध्यक्ष चयन गरेको हो ।

नेतृत्व लिएसँगै कडेंलले युरोपमा संगठन विस्तारलाई मजवुद बनाउने, पत्रकार महासंघमा भइरहेको एकाधिकार तोड्ने, प्रवासमा नेपाली पत्रकारिताको विकास र विस्तारमा सहयोग गर्ने साथै प्रवासका मुद्दामा शसक्त कलम चलाइरहेका नेपाल र युरोपका पत्रकारहरुलाई सम्मानलगायतका कार्यक्रमहरु अघि सार्ने प्रतिवद्धता जनाए । गैर आवासीय नेपालीहरुका मुद्दामा वहस पैरवी गर्ने, विपतमा परेका पत्रकारहरुलाई सहयोग जुटाउने साथै प्रेस युनियन केन्द्रको समन्वयमा क्षमता अभिबृद्धिका कामहरु गर्ने पनि बताए ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, युनियन अध्यक्ष शिव लम्साल, एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यलगायतले अधिवेशनमा सम्बोधन गरे ।

युनियनको वैधानिक व्यवस्था अनुसार नै विदेश शाखा विस्तार सुरु गरेको उप-महासचिव गौतमले जानकारी दिए । यसअघि युएइ र युके शाखा विस्तारका लागि तदर्थ समिति बनाइएको उनले बताए । ‘अब युएइ र युके अधिवेशनका लागि पनि दबाब बढाएका छौं, अष्ट्रलिया र अमेरिकामा पनि शाखा विस्तारको तयारीमा छौं । युनियनलाई विश्वभर संगठित गर्ने इच्छा छ सोही अनुसार काम गरिरहेका छौं,’ केन्द्रीय अध्यक्ष शिव लम्सालले भने ।

कंडेलकै सक्रियतामा तीन बर्षअघि युके शाखा विस्तार भएको थियो । यूकेमा विपिन निरौला संयोजक भएपनि तीनबर्षसम्म अधिवेशन गराउन सकेका छैनन् । तत्काल अधिवेशनका लागि तयारी गर्न केन्द्रले दबाब बढाएको छ ।

अध्यक्ष – संजयभक्त कंडेल
वरिष्ठ उपाध्यक्ष – सिदार्थविक्रम क्षेत्री
उपाध्यक्ष – भरत प्रधान
उपाध्यक्ष – सबिना श्रेष्ठ
उपाध्यक्ष – बिकाश लम्साल
महासचिव – प्रबल भट्टराई
उप – महासचिव – प्रतिक लामिछाने
सचिवः मिलन शर्मा
कोषाध्यक्ष – सुजन पराजुली
सदस्य – कञ्चन प्रसाई
सदस्य – आशिष बस्नेत
सदस्य – विजय शर्मा
सदस्य – पुस्तक रेग्मी
सदस्य– रोहन बानिया
सदस्य – नवराज काफ्ले
सदस्यः हरिप्रसाद पाण्डे
सदस्यः चक्र गुरुङ्ग

तपाइँको प्रतिक्रिया