शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १५:०१ |सिड्नीको समय: १३:०१ |काठमाडौंको समय: ०८:४६

जेठमा मात्रै नेपालमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रियो

एएनजेड खबरजुलाइ १०, २०२४

काठमाडौँ । जेठ महिनामा मात्रै नेपालमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

योसँगै चालु वर्षको ११ महिनामा नेपालमा भित्रिएको कुल रेमिट्यान्स १३ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । योसँगै नेपालको रेमिटेयान्स आप्रवाहसँगै यो अवधिमा देशको शोधनान्तर अवस्था बढेर ४ खर्ब २५ अर्ब रुपैयाँ बचतमा पुगेको छ । बैशाख अन्त्यसम्म यस्तो शोधनान्तर बचत अवस्था ३ खर्ब ९७ अर्ब रुपैयाँ बराबर रहेको थियो ।

त्यस्तै देशको कुल विदेशी मुद्रा सञ्चिति बढेर जेठ मसान्तसम्म १९ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । यो रकमले १५।१ महिनाको वस्तु तथा १२।६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी मुद्रा सञ्चितिमध्ये राष्ट्र बैंकसँग मात्रै १७ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको सञ्चिति रहेको छ ।

अघिल्लो वष जेठकोमूल्स्तरको आधारमा अहिलेको जेठ मसान्तसम्म मूल्यवृद्धि बढेर ४.१७ प्रतिशतले बढेको छ । गत असारको तुलनामा यो वर्ष बैंक बजारमा प्रचलित मुद्रा र बैंकहरुको निक्षेपको आकार १२.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत असार मसान्तको तुलनामा भने यस्तो वृद्धि ९.१ प्रतिशत छ । बजारमा निक्षेप परिचालन पर्याप्त हुँदा ५.६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

तपाइँको प्रतिक्रिया