शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १४:३२ |सिड्नीको समय: १२:३२ |काठमाडौंको समय: ०८:१७

नेपालमा पर्यटक आगमन बढ्यो, अष्ट्रेलियाबाट आएर एक हजार ५८९ जनाले नेपाल घुमे

एएनजेड खबरजुलाइ ५, २०२४

काठमाडौं । नेपालमा पर्यटनको आगमन बाक्लिएको छ । सन् २०२३ को छ महिनाको तुलनामा यो वर्ष पर्यटक आगमन झन्डै २३ प्रतिशतले बढेको छ । अष्ट्रेलियाबाट मात्रै एक हजार ५८९ जना पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को छ महिनामा पाँच लाख ८३ हजार १६ जना पर्यटक नेपाल भित्रिएका थिए ।

बोर्डको निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०२४ को छ महिनामा चार लाख ७६ हजार ४८१ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्षको छ महिनाको तथ्याङ्क हेर्दा एक लाख छ हजारको हाराहारीमा पर्यटक बढेका देखिन्छन् ।

उनका अनुसार सन् २०१९ को तुलनामा यो वर्ष दुई प्रतिशतले पर्यटक आगमन बढेको छ । सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ जना विदेशी पर्यटक नेपाल आएकामा यो वर्षको सोही अवधिमा ७६ हजार ७३६ पर्यटक नेपाल आएका छन् ।

नेपाल आउने पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । सामान्यतया भारतबाट नेपाल घुम्न आउने पर्यटक गर्मी छल्न आउने भए पनि यस वर्ष जाडोको महिनामा पनि नेपालमा प्रशस्तै भारतीय पर्यटक आएका कारण वृद्धि भएको हो ।

भारतबाट जुनमा ३७ हजार ८३५ पर्यटक नेपाल भित्रिएका छन् । यस्तै दोस्रोमा अमेरिकाबाट आठ हजार २८१, चीनबाट सात हजार ४९४ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या विगतमा निकै ठुलो रहे पनि कोभिडपश्चात् त्यो सङ्ख्या बढ्न सकेको छैन ।

बङ्गलादेशबाट तीन हजार ८५७, बेलायतबाट एक हजार ९६९, अस्ट्रेलियाबाट एक हजार ५८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट ९५३ र दक्षिण कोरियाबाट ८७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

तपाइँको प्रतिक्रिया