शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १४:३४ |सिड्नीको समय: १२:३४ |काठमाडौंको समय: ०८:१९

१४ वर्षको कानुनी लडाइँपछि रिहा भएका असान्ज अष्ट्रेलिया पुगे

एएनजेड खबरजुन २६, २०२४

काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्ज १४ वर्षको कानुनी लडाइँपछि रिहा भएका छन् । अमेरिकी अदालतमा आफ्नो अपराध स्वीकार गरेपछिको सम्झौताअनुसार रिहा भएका हुन् ।

अहिले उनी आफ्नो देश अष्ट्रेलिया फर्किएका छन् । विमानबाट ओर्लने बित्तिकै उनले आफ्नी श्रीमती र बुबालाई अँगालो हालेका थिए । जुलियन असान्ज र अमेरिकाबीच भएको सम्झौताअनुसार उनले अमेरिकी अदालतमा आफ्नो अपराध स्वीकार गर्नुपर्ने थियो ।

अमेरिकी सरकारले असान्जलाई ६२ महिनाको जेल सजायको माग गरेको थियो। न्यायाधीशले यो मागलाई स्वीकार गरेर सजाय दिने भए पनि उनले त्यतिसमय बेलायतको जेलमा बिताइसकेका थिए । जसका कारण जुलियन असान्जलाई अदालतबाट रिहा गरिएको थियो ।

मंगलबार असान्ज जेलबाट बाहिर आएर बेलायत छाडेपछि उनको विमान बैंककमा रोकिएको थियो । असान्ज दक्षिणी प्रशान्त महासागरमा अवस्थित उत्तरी मारियाना टापुहरूमा रहेको अमेरिकी अदालतमा उपस्थित हुने थिए।

यो अदालत अस्ट्रेलियासँगको निकटताका कारण छनोट गरिएको हो। असान्जको स्वतन्त्रता पछि, उनको परिवार धेरै खुसी छ।

असान्जकी श्रीमती स्टेला असान्जले सोसल मिडिया प्लेटफर्म एक्समा एउटा तस्बिर पोस्ट गरिन् जसमा असान्जले कालो टिसर्ट लगाएका छन् जसमा ‘ट्रुथ’ लेखिएको छ।

असान्जका बुबाले अष्ट्रेलियाका जनतालाई धन्यवाद दिएका छन् जसको निरन्तर प्रयासले असान्ज रिहा भएका छन् । तर, असान्जलाई अझै पूर्णरुपमा माफी दिइएको छैन ।

असान्जका भाइ गेब्रियल शिप्टनले उनी (जुलियन) स्वतन्त्र भए पनि अमेरिका जान विशेष अनुमति आवश्यक पर्ने बताएका छन् । गेब्रियलले बीबीसीलाई भने – उनले अमेरिकी राष्ट्रपतिलाई माफीको लागि अपील गर्नेछन्।

तपाइँको प्रतिक्रिया