शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १९:३० |सिड्नीको समय: १७:३० |काठमाडौंको समय: १३:१५

राष्ट्रपति पौडेलले स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण गर्ने

एएनजेड खबरमे ३१, २०२४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्विट्जरल्यान्डको भ्रमण गर्न स्वीकृति दिएको हो ।

जेठ ३१ गते स्विजरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र सोपश्चात् संघीय गणतन्त्र र जर्मनीको भ्रमण कार्यक्रम रहेकोले भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

तपाइँको प्रतिक्रिया