शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १९:२६ |सिड्नीको समय: १७:२६ |काठमाडौंको समय: १३:११

अष्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु, परिचय खुल्न बाँकी

एएनजेड खबरमे २९, २०२४

सिड्नी । अष्ट्रेलियामा दुई नेपाली युवाको मृत्यु भएको छ । सिड्नीको दक्षिण तटीय क्षेत्र कुर्नेलको केप सोलान्डर ड्राइभमा माछा मार्न गएका दुई नेपालीको मृत्यु भएको हो । उनीहरु मृत भेटिए पनि परिचय खुलाइएको छैन ।

सोमबार साँझ २२ र २५ वर्ष उमेरका गोरखा र दोलखा घर भएका दुई नेपाली विद्यार्थी कुर्नेलस्थित चट्टानी क्षेत्रमा माछा मार्न जाँदा मृत्यु भएको बताइन्छ । लाइफ ज्याकेट र सुरक्षित कवचबिना नै सामान्य पहिरनमा माछा मार्न गएका उनीहरूलाई पानीको छालको बहाबले समुद्रमा तानेपछि उनीहरूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

स्थानीय काउन्सिलद्वारा घोषित हाइरिस्क रक फसङ क्षेत्रमा उनीहरू माछा मार्न गएता पनि आवश्यक सुरक्षित व्यवस्थापन नगरेका कारण पनि उनीहरूको ज्यान गएको हुनसक्ने स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्।

तपाइँको प्रतिक्रिया