शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २०:३३ |सिड्नीको समय: १८:३३ |काठमाडौंको समय: १४:१८

गणतन्त्र दिवस मनाइँदै

एएनजेड खबरमे २८, २०२४

काठमाडौं । आज मंगलबार गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस अवसरमा आज टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइने भएको छ ।

२०६५ साल जेठ १५ गते संविधानसभाबाट नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्ष पूरा भएको छ । २०६२÷०६३ को आन्दोलनपछि निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरको हो । त्यस यताका १५ वर्षमा मुलुकमा नयाँ संविधान निर्माण तथा दुई पटक संघीय र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

सिंहदरबारमा सिमित राज्य सत्ताको विकेन्द्रीकरण गरिएको छ । केन्द्रदेखि स्थानीय तहसम्म जनताका प्रतिनिधिहरुले शासन गरेका छन् । एकात्मक राज्य व्यवस्थाको स्थानमा संघीय र राजतन्त्रको स्थानमा जनताका प्रतिनिधि मुख्य हुने गणतन्त्र स्थापित गरिएको छ । तर, जनताले जुन आकांक्षा र अपेक्षा गर्दै राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका थिए व्यवहारमा भने त्यस्तो देखिएको छैन । आम मानिसको जनजिविकाको सवालमा पनि राज्यले अझै धेरै गर्नुपर्ने बाँकी छ ।

तपाइँको प्रतिक्रिया