शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २१:५४ |सिड्नीको समय: १९:५४ |काठमाडौंको समय: १५:३९

एनआरएनए अमेरिकाको १५ औं साधारण सभा तथा ज्ञान सम्मेलनको तयारी हुँदै

एएनजेड खबरमे २२, २०२४

न्यूयोर्क । एनआरएनए अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलनको तयारी शुरु भएको एनआरएनए अमेरिकाले जनाएको छ । महासचिव रामहरि अधिकारीले यो जानकारी एनआरएनए अमेरिकाको फेसबुक मार्फत सार्बजनिक गरेका हुन् ।

डिसी मेट्रो क्षेत्रमा जुलाई १३ र १४ तारिखमा साधारण सभा तथा ज्ञान सम्मेलन गर्नका लागि क्यालिफोर्नियामा सम्पन्न पाचौं बैठकले निर्णय गरेको थियो । स्थानिय च्याप्टरका साथीहरु, एनआरएनएका पदाधिकारीहरुको पछिल्ला छलफलबाट डिसी मेट्रो क्षेत्रको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नै गर्ने तय भएको छ ।

कार्यक्रमको लागि भेन्यु फिक्स भईसकेको र कार्यक्रम तालिकाबारे छिट्टै विस्तृत जानकारी गराइने एनआरएनए अमेरिकाका मिडिया कोअर्डिनेटर सतीश चापागाईले बताए ।

तपाइँको प्रतिक्रिया