शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २१:३८ |सिड्नीको समय: १९:३८ |काठमाडौंको समय: १५:२३

होडपा अध्यक्षमा दिपक बाँस्कोटा र महासचिवमा यमन लामासहित नयाँ समिति

एएनजेड खबरमे २०, २०२४

काठमाडौं । अर्थोडक्स चिया उत्पादकहरूको संस्था हिमालयन अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन (होडपा)को अध्यक्षमा दीपकप्रकाश बाँस्कोटा चयन भएका छन् । होड्पाको १९औं अधिवेशनबाट कंचनजघा टि स्टेट पाँचथरका संस्थापक बाँस्कोटाको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो ।

नव कार्यसमितिको महासचिवमा युवा उद्यमी एवम अरनिको स्पेशेयलिटी टि उद्योगका संचालक यमन लामा चयन भएका छन् । कोषाध्यक्षमा भने उषा सुब्बा चयन भएकी छन् । त्यस्तै सदस्यहरुमा उदयकुमार चापागाइँ, सुवासचन्द्र संघाई, कमलराज मैनाली, सुमित श्रेष्ठ, रवि राठी, निकिता नेपाललगायत चयन भएका छन् ।

त्यस्तै मानार्थ सदस्यमा डिल्ली बाँस्कोटालाई नियुक्त गरिएको छ भने विज्ञका रुपमा सोनाम लामा र चन्द्र भुषण सुब्बालाई मनोनीत गरिएको महासचिब लामाले जानकारी दिए । अर्थोडक्स चिया उत्पादक एवम चिया कारखाना संचालकहरुको साझा संस्था होड्पा विगत दुई दशकदेखि व्यवसायीहरुको हक हितमा क्रियाशील छ ।

तपाइँको प्रतिक्रिया