शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २१:३८ |सिड्नीको समय: १९:३८ |काठमाडौंको समय: १५:२३

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा देखिए बालेन

एएनजेड खबरमे १८, २०२४

काठमाडौं । कान्स फिल्म फेस्टिभलको ७७औँ शृंखलामा काठमाडौं महानगरपालिकाका मेयर बालेन(वालेन्द्र शाह)ले सहभागिता जनाएका छन् ।

फेस्टिभलको रेडकार्पेटमा सहभागी भएको तस्विर बालेनले सार्वजनिक गरेका छन् । शाहले शुक्रबार साँझ सामाजिक सञ्जालमा रेडकार्पेटमा सहभागी भएको तस्बिरहरु सेयर गरेका हुन् ।

उनले तस्बिरसंगै कान्स फिल्म फेस्टिभलमा निमन्त्रणका लागि मेयर डेभिड लिसनार्ड धन्यवाद दिएका छन्। कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा मेयर शाह फेस्टिभलमा सहभागी हुन मंगलबार फ्रान्स गएका थिए।

मेयर शाहका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्सालसमेत रहेका छन्। मेयर शाहले ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्कने कार्यक्रम गरेको छ।

तपाइँको प्रतिक्रिया