शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २२:३७ |सिड्नीको समय: २०:३७ |काठमाडौंको समय: १६:२२

आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै कांग्रेसको अवरोध

एएनजेड खबरमे १४, २०२४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा जोड दिएको छ ।

तर संघीय संसद्का दुवै सदनमा नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेका छन् । कांग्रेसका सांसदहरुको अवरोधका कारण दुवै सदनको बैठक आगामी जेठ ३ गते बस्नेगरी स्थगित भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको कांग्रेसले आरोप लगाउँदै आएको छ । उनीमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने कांग्रेसको माग छ ।

तपाइँको प्रतिक्रिया