आइतबार, मंसिर ९, २०८१ |Sun Nov, 2024
अक्ल्याण्डको समय: ००:१३ |सिड्नीको समय: २२:१३ |काठमाडौंको समय: १६:५८

इजरायलमा केयरगिभरका लागि ५८ जना नेपाली युवाले पाए भिसा

एएनजेड खबरमे १४, २०२४

काठमाडौं । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये ५८ जनाको भिसा जारी भएको छ ।

दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका लागि इजरायल दूतावासले ५८ जना युवा जेठको दोस्रो साताभित्र इजरायल उडान गर्ने गरी भिसा जारी भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको पटक पटकको आग्रहपछि इजरायल सरकारले केयरगिभरमा छनोट भएका युवा इजरायलमा रोजगारीका लागि जान थालेका हुन् । यसअघि लट्रीमा नपरेका अहिले पुनः छनोट गरेर ४२५ युवालाई अहिले लैजान सुरु गरेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले भिसा प्राप्त भएका ५८ युवालाई इजरायल जाने तयारी गर्न सूचना जारी गरिसकेको जानकारी दिए ।

विभागका अनुसार इजरायलका विभिन्न केयरगिभरमा विदेशी श्रमिक अभाव हुन थालेपछि सो क्षेत्रमा नेपाली केयरगिभर लैजाने तयारीसहित भिसा तथा करार सम्झौता धमाधम हुन थालेको छ । इजरायलस्थित नेपाली दूतावासले थप केयरगिभर कोटाका सम्बन्धमा छलफल गर्ने जनाउँदै आएको छ । हाल इजरायलमा जिटुजीमार्फत गएका एक हजार १०५ नेपाली कार्यरत छन् ।

घरायसी केयरगिभरको तुलनामा जिटुजीमार्फत जाने केयरगिभर सस्तो भएका कारण त्यहाँका केयरगिभर सेन्टरले पछिल्लो समय सरकारी माध्यममार्फत नै नेपाली युवा माग गर्दै आएका छन् ।

तपाइँको प्रतिक्रिया