शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०९:३७ |सिड्नीको समय: ०७:३७ |काठमाडौंको समय: ०३:२२

आठ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

एएनजेड खबरअप्रिल ४, २०२४

काठमाडौं । चालु आथिक वर्षको ८ महिनाको अवधिमा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढेको छ ।

गत वर्षको ८ महिनाको अवधिमा ७ अर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको थियो । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

फागुन महिनामा मात्रै १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ६ हजार ९३२ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७ रहेको छ ।

तपाइँको प्रतिक्रिया