शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १७:३१ |सिड्नीको समय: १५:३१ |काठमाडौंको समय: ११:१६

घरबाटै एक घण्टामा श्रम स्वीकृति लिन मिल्ने व्यवस्था मिलाइने

एएनजेड खबरमार्च १९, २०२४

काठमाडौँ । सरकारले महिना दिनभित्रमा घरबाटै एक घण्टामा श्रम स्वीकृति लिन मिल्ने बनाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताएका छन् ।

आगामी शुक्रवारबाट एक घण्टाभित्रै श्रम स्वीकृति दिने गरी तयारी शुरु भएको उनले बताए । उनले एक महिना भित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिन सक्ने अवस्था बनाउने दाबी गरे । मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका लागि दुःख पाएको भन्दै एक घण्टामा सबै प्रक्रिया पूरा हुने गरी व्यवस्था गर्नुपर्ने बताए ।

तपाइँको प्रतिक्रिया