शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २०:२६ |सिड्नीको समय: १८:२६ |काठमाडौंको समय: १४:११

नेपालीहरु विदेश जाँदा एक खर्ब चार अर्ब ७५ करोड रुपैयाँ बाहिरियो

एएनजेड खबरमार्च १०, २०२४

काठमाडौं । पछिल्लो सात महिनामा नेपालीहरु विदेश जाँदा एक खर्ब चार अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को पहिलो सात महिनामा उक्त रकम बाहिरिएको आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

सात महिनामा नेपाल भित्रिएका पर्यटकबाट संकलन भएको रकमभन्दा नेपालीहरू विदेश जाँदा बाहिरिएको रकम ५९ अर्ब ३५ करोड रुपैयाँले बढी रहेको तथ्यांकले देखाउँछ ।

नेपाल भित्रिने पर्यटकबाट सरकारले आर्जन गर्ने रकमको दुई गुणाभन्दा बढी रकम नेपालीहरू विदेश जाँदा बाहिरिने गरेको हो । विवरणअनुसार चालु आर्थिक वर्ष २०८०।८१ को पहिलो सात महिनामा नेपालले भ्रमण आयस्वरूप ४५ अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ ।

तपाइँको प्रतिक्रिया