शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १८:५१ |सिड्नीको समय: १६:५१ |काठमाडौंको समय: १२:३६

साउन्ड सिस्टम व्यवसायीप्रति झुकिन एलिना चौहान, मागिन माफी

एएनजेड खबरमार्च ९, २०२४

काठमाडौं । साउण्ड सिस्टम व्यवसायीको चेतावनीपछि गायिका एलिना चौहानले माफी मागेकी छन्। सामाजिक सञ्जाल मार्फत उनले सांगीतिक कार्यक्रमको सिलसिलामा सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने आफ्नो स्वभावलाई आफ्नो कमजोरीका रुपमा स्वीकार गर्दै आगामी दिनमा यस्ता कमीकमजोरीप्रति आफू सचेत रहने बताएकी हुन्।

गत फागुन २० गते साँझ पर्वत सदरमुकाम कुश्मा बजारमा आफ्ना साङ्गीतिक प्रस्तुतिहरू राख्दै थिइन्। ध्वनिको विषयलाई लिएर प्राविधिकहरूसँग केही भनाभन भएको थियो। त्यसपछि एलिना चौहानले माफी नमागेसम्म उनी सहभागि हुने कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने व्यवसायीले विज्ञप्ति मार्फत चेतावनी दिएका थिए।

५ वटा साउन्ड सिस्टम कम्पनीले एलिनाले माफी माग्नुपर्ने भन्दै उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएका थिए । एलिनाले कुस्मामा सञ्चालित कार्यक्रममा मात्रै होइन यसअघि पनि मञ्चमा थुप्रैपटक साउण्ड सिस्टमलाई सराप्ने र टेक्निसियनलाई गाली बेइज्जती गर्ने गरेको आरोप विज्ञप्तिमा लगाइएको छ ।

एलिना जुन कार्यक्रममा गए पनि ‘साउण्ड मिलेन’ भन्ने बानी नै परिसकेको र आफू चर्चित गायिका बनिसकेको आत्मरति र घमण्डले एलिनालाई नोक्सानी नहोस् भन्नेतर्फ पनि सचेत रहेको विज्ञप्तिमा उल्लेख छ । आफ्नो प्रस्तुति र स्वर फितलो भएपछि आयोजकले तय गरेको साउन्ड सिस्टममा खोट लगाइएको दाबी समेत गरिएको छ ।

तपाइँको प्रतिक्रिया