शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १८:२९ |सिड्नीको समय: १६:२९ |काठमाडौंको समय: १२:१४

कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने, सिटौलाको संभावना न्यून

एएनजेड खबरमार्च ९, २०२४

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । शनिबार सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

काँग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रियसभाको अध्यक्षका लागि सहयोग खोज्न छलफल गर्ने निर्णय गरेको नेता अर्जुन नरसिंह केसीले बताए । उनले उम्मेदवार चयन भने राष्ट्रियसभा सदस्यको बैठकपछि गर्ने बताए ।

कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग परामर्श गरेपछि मात्र को उम्मेदवार हुने भन्ने बिषय टुंगो लगाउने भनेर छलफलको बाटो खुला गरेको छ । उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा कांग्रेसमा छलफल भएको छैन् । यसअघि कृष्णप्रसाद सिटौलालाई अध्यक्षका रुपमा अघि सार्ने भनिएपनि सिटौलाको संभावना न्यून देखिन्छ ।

राष्ट्रिय सभाको बैठक भोलि फागुन २७ गते आइतबार १ बजे बस्दैछ । २९ गते अध्यक्षको निर्वाचन हुनेगरी यसअघि नै कार्यक्रम सार्वजनिक भइसकेको छ ।

तपाइँको प्रतिक्रिया