शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १८:३१ |सिड्नीको समय: १६:३१ |काठमाडौंको समय: १२:१६

‘सरकार आफ्नै भारीले थिचिन्छ, फतक्क कुहिएर झर्छ’

एएनजेड खबरमार्च ७, २०२४

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन् । बुधबार साँझ शीतल निवासमा शपथ ग्रहणको तयारी भइरहँदा थापाले भिडिओमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार फतक्क कुहिएर झर्ने बताएका हुन् ।

‘यो सरकार यसरी बनेको छ, दौडिने त कुरै छोड्नुस् हिँड्न पनि सक्दैन। आफ्नै भारीले थिचिन्छ, फतक्क कुहिएर झर्छ’ उनले भने। थापाले अब कांग्रेसलाई पुनर्निर्माण, पुनःसंचालन र सुदृढीकरण गर्नुपर्ने बताए । उनले कांग्रेसलाई पुनर्निर्माण, पुनःसंचालन र सुदृढीकरण गर्दै लग्नुपर्ने बताएका हुन् ।

माओवादी केन्द्रको कुनै पनि समय धोका दिने नै नियत भएको बताए । थापाले भनेका छन्, ‘कुनै अलमलमा नपरौँ । धोका दिने नै नियत भएकाले,आज नभए भोलि धोका दिन्थे नै१ त्यसैले अब कांग्रेसलाई पुनर्निर्माण, पुनःसंचालन र सुदृढीकरण गरौँ।’ माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितका दलसँग नयाँ गठबन्धन गरेपछि थापाले आफ्नो धारणा सार्वजनीक गरेका हुन् ।

तपाइँको प्रतिक्रिया