शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २०:४१ |सिड्नीको समय: १८:४१ |काठमाडौंको समय: १४:२६

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रीहरुले लिए शपथ

एएनजेड खबरमार्च ७, २०२४

काठमाडौँ । नयाँ गठबन्धनको सरकारले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेको छ । बुधबार बेलुकी सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

शपथ खानेहरुमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा रघुवीर महासेठ, कानून, न्याय तथा संसदीय मामिलामा पदम गिरी, रक्षामा हरि उप्रेती, महिला बालबालिकामा भगवती चौधरी, खानेपनी मन्त्रीमा राजेन्द्र राई, उद्योग मन्त्रीका रुपमा दामोदर भण्डारी, कृषि मन्त्रीमा ज्वालाकुमारी साह र भूमि व्यवस्था तथा सहकारी मन्त्रीका रुपमा बलराम अधिकारीले शपथ लिएका छन् ।

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा, रेखा शर्मा सूचना तथा सञ्चार र हितबहादुर तामाङलले पर्यटन मन्त्रीको रुपमा शपथ लिएका छन् । रास्वाका तर्फबाट सभापति रवि लामिछाने उप्रधानसहित गृह, सुमुना श्रेष्ठ शिक्षा, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्रीको रुपमा शपथ लिएका छन् । त्यस्तै नेकपा एसका तर्फबाट भानुभक्त जोशीले संघीय मामिला र धनबहादुर बुढाले शहरी विकासमन्त्रीको शपथ लिएका छन् ।

यसअघि चारदलीय गठबन्धनको सहमतिपत्रमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टी जसपा नेपालले भने आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीबारे कुनै निर्णय लिएको छैन ।

तपाइँको प्रतिक्रिया